चार हजारभन्दा बढी गाउँ छन् नेपालमा। तर यो ‘कविता गाउँ’ भनेको तपाईँले कहिले सुन्नुभएको छैन होला। कविता नामकी केटी बस्ने भएर कविता गाउँ भनिएको हैन नि फेरि। कविले सिर्जना गर्ने कविता कै नाममा कविता गाउँ भन्न लागिएको हो। अनि गाउँ छानिएको छ- लुम्ले। विश्व प्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण बेसक्याम्पको ट्रेकिङ सुरु हुने कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ हो लुम्ले। जानुभएको छैन भने पनि गीत त सुन्नुभएकै होला- मुटु छुने लुम्लेको हावाले…
लुम्ले यस्तो देखिन्छ। फोटो सौजन्यः विल्हेल्मस
यही लुम्लेलाई नेपाल कै पहिलो कविता गाउँ (poetry village) को रुपमा विकास गर्ने अवधारणासहित गाउँलेहरु कै पहलमा यो अभियान केही महिनाअघिदेखि सुरु भएको हो। अब यो अभियानलाई साकार रुप दिन आउने चैत महिनाभित्रै लुम्लेलाई कविता गाउँको रुपमा औपचारिक घोषणा गर्ने कार्यक्रम रहेछ।
कविता गाउँका परिकल्पनाकारले यो अवधारणाका उद्देश्यहरु यस्तो रहेको बताएका छन्-
• समग्र लुम्लेलाई कविता गाउँको रुपमा विकास गर्ने।
• साहित्य, संगीत र कलामा अभिरुचि राख्ने तथा सिर्जना गर्ने स्थानीय वासिन्दाहरुलाई तत्सम्वन्धी विषयहरुमा सक्रिय तुल्याउने।
• साहित्य, संगीत र कला सम्वन्धी अन्तर्क्रिया गर्ने।
• त्यससम्वन्धी कार्यक्रमहरु सञ्चालन गर्ने।
• साहित्य, संगीत र कलाको माध्यमबाट जनचेतना विस्तार गर्ने।
• देश विदेशका स्रष्टाहरुको सिर्जना-गन्तव्यको रुपमा लुम्लेलाई विकास गराउने।
• कविता गाउँको माध्यमबाट समग्र लुम्लेलाई परिचित गराई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने।
भनिन्छ, सबैले जीवनमा एक पटक जानेर वा नजानेर कविता लेखेकै हुन्छ रे। त्यसै पनि नेपालमा कविता र मुक्तक लेख्नेहरुको संख्या सबैभन्दा बढी छँदैछ। कविताका पुस्तक सबैभन्दा बढी छापिन्छन्, कसैले पढोस् कि नपढोस्। यी कवि ह्रदयहरुलाई पक्कै पनि ‘कविता गाउँ’ ले तान्छ नै होला। बाँकी कुरा चैत महिनाभित्र यसको घोषणा भएपछि हेर्न पाइनेछ- आखिर के के हुने रहेछ त यो नेपालमा कतै नभएको कविता गाउँमा।
स्रोत: मेरो संसार
मेरो प्यारो पोखरा, मेरो प्यारो लुम्ले ! ल, कहिलै नेपाल फर्किएछ भने लुम्लेमा गएर घर बनाएर बस्ने बिचार भो मेरो ! 🙂
Great, bro.
Dear all, thanks a lot for your comments. Lumle welcomes you.
Cheers