स्रोत: कान्तिपुर
अब्दुल्लाह मियाँ
राष्ट्रिय विधि-विज्ञान प्रयोगशालामा पहिलोपटक मानिस एवं वन्यजन्तुको वंशाणुगत गुण -डीएनए) परीक्षण हुने भएको छ ।
व्यक्ति र उसको आनिबानी पहिचान तथा अपराधसम्बद्ध अनुसन्धानका लागि डीएनए परीक्षण गरिन्छ । प्रयोगशालाका वैज्ञानिक जीवन रिजालका अनुसार एक सातामा अस्टे्रलियाबाट ‘रियल टाइम पीसीआर’ मेसिन भित्रिने भएको छ । करिब ३२ लाख रुपैयाँमा मेसिन ल्याउन लागिएको हो ।
अहिले ताजा रगतबाट मात्र प्रयोगशालाले डीएनए परीक्षण गर्छ । हड्डीबाट डीएनए परीक्षण गर्न प्रयोग हुने ‘लिक्विड नाइट्रोजन पि|mजर मिल’ र ‘हाइबि्रडाइजन ओभन’ नामका दुई मेसिन ल्याइसकिएको रिजालले बताए । करिब १२ लाख रुपैयाँको लागतमा ती मेसिन दुई महिनाअघि ल्याइएको हो । विश्व बैंकको अनुदान कार्यक्रममार्फत प्राप्त ६० लाख रुपैयाँ सहयोगबाट प्रयोगशालाले हड्डीबाट डीएनए परीक्षण सुरु गर्न लागेको हो ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट डीएनए परीक्षणका लागि मानिस र वन्यजन्तुका हड्डी पिन्न सकिनेे रिजालले बताए । ‘हड्डीमा डीएनए भए/नभएको पत्ता लगाउन तीनवटै मेसिन प्रयोग गरिनेछ,’ विशेषज्ञ रिजालले भने, ‘यसरी डीएनए परीक्षण हुन लागेको पहिलोपटक हो ।’ तर हड्डीभित्रको डीएनए सूक्ष्म हुने भएकाले परीक्षण जटिल हुने उनले बताए ।
‘रियल टाइम पीसीआर’ मेसिनबाट हवाईजहाज दुर्घटना, बम विस्फोट, आगलागीजस्ता घटनाबाट ज्यान गएका व्यक्ति र विभिन्न वन्यजन्तुका हड्डीको डीएनए परीक्षण गर्न सकिनेछ । त्यस्तै बाघको हाड, हात्तीको दाह्रा, गैंडाको खाग, सिंहलगायतका वन्यजन्तुका अंग-प्रत्यङग सक्कली भए/नभएको पत्ता लगाउन पनि यो प्रविधि प्रयोग गरिनेछ ।
‘अन्य अंगजस्तो छिटो नसड्ने र नगल्ने भएकाले हड्डीबाट डीएनए परीक्षण गर्न उपयुक्त हुनेछ,’ रिजालले कान्तिपुरसित भने, ‘मेसिनको अभावमा रोकिएका धेरै वन्यजन्तुका हड्डीको पनि डीएनए परीक्षण हुनेछ ।’
ल अब नेपालमा पनि molecular biology को काम हुने भएछ। जे होस् प्रगती हुँदैछ ।
Kind of exciting news, bro!