स्रोत: कान्तिपुर
डा केदार कर्माचार्य
अपचको समस्याले अधिकांश नेपालीलाई पिरोलिरहेको पाइन्छ । यो समस्याले स्वास्थ्यमा नकारात्मक असर पर्ने निर्विवाद छ । हाम्रो भोजनमा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड र खनिज तथा चिल्लो पदार्थ आदि समाविष्ट रहेको हुन्छ ।
पेटभित्र स्टोम्याक -आमाशय), डुयोडेनम -पाकस्थली), इन्टेस्टाइन -आन्द्रा) ले उत्पादन गरेको सम्बन्धित पाचनरस तथा मुखभित्र रहेको सेलेभरी ग्लेन्ड -र्याल ग्रन्थि) बाट उत्पादित र्यालमा ‘टायलिन’ नामक पाचन द्रव्यले हामीले चपाएर मसिनो भएका कार्बाेहाइड्रेडलाई पचाउने प्रक्रिया शुभारम्भ गर्छ । खाएको पदार्थ आमाशयमा पुगेपछि ग्याष्ट्रिक जुस -आमाशयिक रस) का साथ पेटमा रहेका मांसपेशी तथा स्नायु प्रणालीसमेतको संयुक्त प्रक्रियाले पचाउने काम हुनथाल्छ । आमाशयिक रसमा रहेको हाइड्रोक्लोरिक एसिड -उदर अम्ल) ले खानासँग रहेको हानिकारक जीवाणुलाई नष्ट गर्नुका साथ गाल्ने काम पनि गर्छ भने पेप्सिन नामक तत्त्वले प्रोटिनको प्रथम चरणको तथा ‘रेनिन’ तत्त्वले दूधको पाचन प्रक्रियामा भूमिका खेल्छ । पानी, भिटामिन र खनिज पदार्थ आदिलाई आमाशय र आन्द्राको विशेष कोषहरूले अवचुषण गर्छ । हामीले प्रयोग गरेको खानाबाट पोषण यसरी हाम्रो शरीरले प्राप्त गर्छ भने पाचन प्रक्रिया पश्च्ाातको फोहोर तत्त्व लार्ज इन्टेस्टाइन -ठूलो आन्द्रा) र एनल ओपनिङ -मलद्वार) भएर बाहिर निस्कन्छ । स्मल इन्टेस्टाइन -सानो आन्द्रा) को पहिलो भाग भनिने पाकस्थलीमा प्यान्त्रिmयाज ग्रन्थिले उत्पादन गरेको पाचनरसमा रहेको ‘टि्रप्सिन’ तथा क्रिमोटि्रप्सिन’ तत्त्वहरूले प्रोटिनको दोस्राे चरणको पाचन, ‘आमाइलेज’ तत्त्वले कार्बाेहाइड्रेटको दोस्राे चरणको र ‘लाइपेज’ तत्त्वले चिल्लो पदार्थको अन्तिम चरणको पाचन गर्छ । लिभर -कलेजो) सँग रहेको पित्ताशयबाट नलीको माध्यमबाट पाकस्थलीमा निष्काशन हुने बाइल -पित्त) ले खानामा समाविष्ट रहेको चिल्लो पदार्थलाई पचाउने गर्छ । स्मरणीय छ, विशेष कारणवश शल्यक्रियाद्वारा पित्ताशयलाई यथास्थानबाट निकालिएको अवस्थामा पित्त पाकस्थलीमा प्रवाहित नहुने भएकाले सम्बन्धित व्यक्तिले खाएको चिल्लो पदार्थमा प्रभाव नपर्ने भएकोले अपचको समस्याले ग्रसित हुने हुन्छ ।
अपच हुने कारण
आफ्नो पाचन क्ष्ामताभन्दा बढी खाना राम्राेसँग नचपाएर हतारिएर खानु, धेरै अमिलो, पिरो, चिल्लो र मसला भएको खाना खानु, नपाकेको -काँचो) वा सडेगलेको खाना खानु, प्रदूषित पानी पिउनु, बढी धूमपान तथा मदिरापान गर्नु, मानसिक तनावको अवस्थामा खानु, खाना खानु केही समय अगावै, खाना खाइरहँदा तथा खाना खानेबित्तिकै पानी बढी पिउनु आदि ।
अपचका लक्ष्ाण
खानामा अरुचि हुने, थोरै खाए पनि वायु बढेर पेट फुल्ने, पेटभित्र विभिन्न भागमा वायु घुमिरहेको अनुभूति हुने, पेट कराउने, घोच्ने, दुख्ने, पोल्ने, वाकवाकी लाग्ने, डकार पटक-पटक आउने, मुखमा अमिलोपना आउने, कब्जियत वा पखाला लाग्ने, जिब्रोमा सेतो बाक्लो लेउ टाँसिएको जस्तो देखिने, श्वास गन्हाउने आदि समस्याले गर्दा शरीरमा शिथिलता उत्पन्न हुने, कुपोषण, रक्तअल्पता आदि पनि देखापर्छ ।
उपचार
अल्पाहारबाट पाचन अङ्गमा बोझ कम पर्ने भएकोले छिटो पच्ने खालको खाना उचित मात्रामा धेरैपटक चपाएर खाने, बढी अमिलो, पिरो, चिल्लो, तारे-भुटेको खाना नखाने, माछा, मासु, अन्डा आदि बढी नखाने, मैदाबाट तयार पारिएका चाउचाउ, पाउरोटी तथा अन्य परिकार नखाने, चिया, कफी, जाँड-रक्सी तथा सुर्तीजन्य पदार्थ नखाने, खाना खाइरहँदा र खाइसकेपछि पनि लगभग आधा घन्टासम्म बढी पानी नपिउने, अन्यथा पाचनरसलाई पातलो बनाएर पाचनक्रियामा नकारात्मक असर पर्छ । झोलिलो सागसब्जी तथा मौसम अनुसारको फलफूल सेवन गर्नु हितकर हुन्छ । हलुका शारीरिक व्यायाम, योगासन, प्राणायम तथा ध्यानजस्ता विभिन्न सरल उपाय अपनाउँदा पनि पाचनक्रियामा सकारात्मक असर पर्ने विषयमा दुईमत छैन ।
सतर्कता
रोगग्रस्त व्यक्तिहरूले आ-आफ्नो स्वास्थ्य समस्याअनुरूप नै प्राकृतिक भोजन मध्येबाट छनोट गर्नुपर्छ । मन्दाग्नि तथा पाचनक्रियासँग सम्बन्धित अन्य समस्याबाट पीडित व्यक्तिले आ-आफ्नो समस्याअनुरूप नै प्राकृतिक भोजनहरू मध्येबाट भोजनको छनोट गर्नुपर्छ । अपच समस्याबाट ग्रसित व्यक्तिले उकुसमुकुस हुनेगरी नखाई उचित परिमाणभन्दा बढी नखानु नै हितकर हुन्छ । खानालाई मुखमा राखेपछि नहतारिएर पटक-पटक राम्ररी चपाउनाले मुखको र्यालमा रहेका ‘टायलिन’ नामक पाचनतत्त्व उचित परिमाणमा खानासँग मिसिन पाएर खानालाई सजिलोसँग पचाउनयोग्य बनाउँछ । स्मरणीय छ, अल्पाहारबाट पाचन अङ्गमा कम बोझ पर्छ । खाना पचाउनका लागि इन्जाम तथा अन्य औषधीहरू लामो समयसम्म प्रयोग गरिरहनुभन्दा खानपानमा उचित ध्यान पुर्याएर त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्दा पाचनसँग सम्बन्धित अनेकौं समस्याबाट जोगिन सकिन्छ ।
पेटमा जुका, कृमी तथा जीवाणुहरूले संक्रमण हुँदा मन्दाग्नि, झाडापखाला, आउँ कोलाइटिस आदि समस्याबाट ग्रस्त व्यक्तिको दिसामा खाएपछि नपचेको खाना देखिने तथा कुपोषण भई रक्तअल्पता, कमजोरी आदिको निदानका लागि चिकित्सकको सल्लाहअनुसार दिसा र रगतको जाँच गराई यथासमयमै उपचार गराउनु आवश्यक हुन्छ ।
लेखक साढे पाँच दशकभन्दा बढी समयदेखि स्वास्थ्योपचार क्ष्ाेत्रमा संलग्न छन् ।
मेरो चाँही सबै पच्छ है। 🙂
Oh, really? Ha…Ha…..