स्रोत: नयाँ पत्रिका
तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले रक्षा मन्त्रालयका लागि एउटा यस्तो व्यक्ति रोजे, जो उनका कट्टर आलोचक थिए । उनका विरुद्ध सधँै केही न केही बोलिरहन्थे । एकदिन राष्ट्रपतिका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै सोधे, ‘तपाईंले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनुभएको छ, उसका बारेमा के तपाईंलाई राम्रोसँग थाहा छ ?’ ‘हो थाहा छ, किन के भयो ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाइर्ंमाथि व्यंग्य गर्दै भने, तपाइर्ं हेर्दा दुब्लो-पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’
‘हो, यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकँे ।’ ‘योभन्दा पहिलाको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले उनलाई उकास्ने स्वरमा भने । ‘यो पनि मलाई थाहा छ ।’ मुस्काउँदै राष्ट्रपतिले भने । यो सब कुरा सुनेर ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले कैयौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाइर्ंलाई राम्ररी थाहा भएर पनि तपाईे उनलाई किन यति महत्त्वपूर्ण पद सुम्पिरहनुभएको छ ?’ ‘अरे साथी, महत्त्वपूर्ण पदमा बसाएको न हो, कुनै गलत स्थानमा त हैन नि !’ राष्ट्रपतिले मुस्काउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाए र भने, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाइर्ंको प्रतिष्ठा खराब हुन्छ ।’ ‘मैले केही बुझ्नुअगाडि तपाईं यो किन बुझ्नुहुन्न कि ऊ एउटा योग्य प्रशासक हो, आफ्नो काम पूरा इमानदारी र निष्ठाले गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारे राम्रोसँगले थाहा छ, म के हुँ । अनि म यस्ता सानातिना कुराको कारणले देशलाई एउटा कुशल रक्षामन्त्रीको सेवाबाट किन वञ्चित गरौँ । मलाई निजी भक्त हैन, देशभक्तको आवश्यकता छ,’ राष्ट्रपतिले ती सज्जनलाई बुझाउँदै भने । यो सुनेर ती सज्जनको मुख बन्द भयो ।
अहा कस्तो राम्रो piece of conversation, भिम जी! अकबर बिर्बलको कुराकानी जस्तो लाग्यो मलाई त।
बिल्कुल ठीक, दाई।