स्रोत: नेपाली पोष्ट
नयाँ संविधानमा राख्ने सुझाव संकलनका रुकुम पुगेका सभासद्हरुका टोली नेता लोकेन्द्र बिष्टले अन्य दलका सभासद्हरुले ’दुर्गम’ जिल्ला जाँदैनौं भनेर नाम सूचीबाट नाम कटाएको बताउनुभएको छ ।
रुकुम आएका सभासद्हरु माओवादीका मात्रै भएको भन्दै माओवादीबाहेकका दलहरुले विरोध प्रदर्शन गर्दा झडप समेत भएपछि स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुझाव संकलन समितिका २८ नम्बर टोली नेता बिष्टले भन्नुभयो- ’रुकुम आउने सूचीमा नाम परेका कांग्रेस सभासद् गोपालमान श्रेष्ठले सूचीबाट नाम कटाएर तनहुँ जानुभयो ।
त्यसैगरी फोरमका सभासद् ओमप्रकाश यादव नाम कटाएर २२ नम्बर टोलीमा जानुभयो । अन्य सभासद्हरुले पनि नाम कटाएपछि हामीले अन्य दलका सभासद्हरु जबरजस्त बोकेर ल्याउन सकेनौं । हामी माओवादीको निर्देशनमा नभएर संविधानसभा सचिवालयको निर्देशनमा यहाँ आएकाले कुन पार्टीका परे कुन पार्टीका परेनन् त्यो संविधानसभा सचिवालयलाई नै सोध्नर्ुपर्छ ।’
सभासद् लोकेन्द्र बिष्टको विष्टको नेतृत्वमा रुकुम आएका सभासद्हरुमा कमला रोका, इन्द्रजीत र्राई, माया चेपाङ, सङप्रसाद थारु र सुदन राइ रहेका छन् ।
संविधानसभा सचिवालयले रुकुम आउन कांग्रेस सभासद् गोपालमान श्रेष्ठलगायत अन्य दलका सभासद्हरु खटाएको भए पनि उनीहरुले ’हामीलाई दुर्गममा पार्ने’ भनेर बिरोध गरेर सूचीबाट नाम कटाएको पनि बिष्टले बताउनुभयो ।
’मेरो नाम ओखलढुंगा जाने सूचीमा थियो । मैले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ समक्ष म ओखलढुंगा नै जान्छु, अन्य दलका साथीहरुलाई रुकुम पठाउनुहोस् भनेर अनुरोध गरेको थिएँ, उहाँले रुकुम जान कोही पनि मानेन्, तपाई नै गइदिनुपर्यो भनेर अनुरोध गरेपछि म यहाँ आएको हुँ’- बिष्टले भन्नुभयो ।
आफू जाने नै भएपछि सबै दलकालाई मिलाएर राखिनुदिनुपर्यो भनेर संविधानसभा अध्यक्षलाई पुनः अनुरोध गरिएको जानकारी दिंदै बिष्टले भन्नुभयो- ’उहाँले अरु दलका कोही पनि जान मानेनन् यही टोली लिएर गइदिनुपर्यो भनेपछि हामी आएको छौं, हामी माओवादी हुनु नै अपराध भयो भने के भनौं होइन भने संविधानसभा सचिवालयकै निर्देशनअनुसार हामी आएका हौं र काम सम्पन्न गरेर फर्कन्छौं ।’
हाम्रो देश नेपाल महान !
पहिला पनि महान नै थियो। दिन-प्रतिदिन महान हुँदैछ, दाइ।
कसैलाई अरुको के चिन्ता र,……… स्वार्थीहरु।