व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
**
समस्याको खडेरीमा, अठोटहरु छिपेपछी
पौरखीको मझेरीमा, जिउँदो वाचा झुकेपछी,
फुलेल हुने झिनो आशा, ओईली झर्छ बलेनीमा
उमंगको भित्री संसार, रुझिदिन्छ परेलीमा,
**
बाध्यताको भूमरीले, जिजीविषा च्यापेपछी
सम्पन्नता सिर्जनाको, जन्मशत्रु निस्केपछी,
सास्ती बीच संकल्प यो, चेतनाको चुली भा’छ
मात्र संझे परिवर्तन, जागृतिको गीत गा’छ,
**
शताब्दीको शिखर यो, सुस्तताले भिजेपछी
असमेल यो संभावना, नेपथ्यमा डुबेपछी,
संयमता सँगेलेर, आक्रोश आशा बन्दोरेछ
आवेश छाडी संघर्षले, जिउँदो कर्म बुन्दोरेछ,
**
औकातमुनि निमुखाको, फुल्दो आशा फाटेपछी
मर्स्याङ्दी र कुलेखानी, टाढा नाता गाँसेपछी,
सुकुल माथी धुलो-धुवाँ, मोहको यो मुकाम भा’छ
जल्दो, ज्यूँदो, मैनबत्ती, दिलको मेरो चन्द्र भा’छ,
**
जिउने चोला एकान्तमा, अभ्यस्तता बढेपछी
अभाव नैं दैनिकीको, पर्याय यो भएपछी,
व्यग्रतामा प्रतिक्षा यो, मार्ग स्वयं बन्दोरेछ
संभावना, यथार्थमा, साक्षात्कार यो गर्दोरेछ,
**
व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो
आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो,
सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो
विवेकको वशभित्र, झुल्दो छैन नियति यो,
****
नियति
02/28/2009 by Bhim
केही जमघट नभए सम्म भिम जी का कविता सुन्न पाइन्थेन । अब बल्ल कविता पढ्न पाइने भयो।
धन्यवाद भिम जी !
खै, update गर्न सके त राम्रै हुन्थ्यो।
प्रशंसाका लागि धन्यवाद, दाइ।
लौ आज मेरो कविता पढ्नुस् भिम जी
—————–x——————
उमेरले बुढो ब्रिद्ध पनि भाको हैन
रोगले ग्रस्त पनि भाको छैन
हैन ए यो घाटीले मलाई
किन एस्तो खस खस गरेर जिस्काइ राको?
————x———————-
भन्नुस् भिमजी तपाईं ले नै
कसरी मैले एस्लाई ठीक पारु?
सक्नु हुन्छ भने औषधी बताइदिनुस्
नत्र भने मैले अदुवा खाइदिन्छु है
————-x———————-
दाई पनि कवि हुन लाग्नुभो कि कसो ? ए बा…. बा…… !
जिरा-पानी, थोरै अदुवा पनि राखेर पकाउनुस् । बाफ लिनोस, अनि खानुस् पनि।
बस, पीडा दूर भैजान्छ।
अनि फेर कुरा गरौला।